सुर्खेत । वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट घाईते भएका दुईजना मध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–११ का अन्दाजी ४२ वर्षका कृष्ण चौधरी रहेका छन् । उनलाई वीरेन्द्रनगर १० को घुस्रास्थित बामेखोलाबाट तिनकुनेतर्फ आउँदै गरेको भे १ ख १५२८ नम्बरको मिनी ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
त्यस्तै सोही ट्रकको ठक्करबाट वीरेन्द्रनगर १० का बुद्धिराम थारु गम्भीर घाइते भएका छन् । उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । ट्रक चालक जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने ३६ बर्षका रवि सार्कीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो पनि हेर्नुहोस् ।


दर्शन खबर । १५ फाल्गुन २०७९, सोमबार