रुकुम पश्चिममा चार थान भरुवा बन्दुक फेला

रुकुम पश्चिम । रुकुम पश्चिममा प्रहरीले बेवारीसे अवस्थामा चार थान भरुवा बन्दुक फेला पारेको छ । आईतवार राति गोप्य सूचनाका आधारमा प्रहरीले खोजी गद मुसिकोट नगरपालिका ८ घोरखानी जंगलमा सोत्तरले छोपेर राखेको अवस्थामा ४ थान भरुवा बन्दुक फेला पारेको हो ।स्थानीयले बन्यजन्तुको शिकारका लागि बन्दुक लुकाएर राखेको हुनसक्ने बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया