वीरेन्द्रनगरमा आन्दोलनको उग्ररुप, एक जना प्रहरी घाईते

सुर्खेत । वीरेन्द्रनगरमा आन्दोलनमा एक जना प्रहरी घाईते भएका छन् । आन्दोलनकारी र प्रहरीको दोहोरो झडप हुँदा २७ वर्षिय ढकाराम पौडेल घाईते भएका हुन् । आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ३ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोट छेडागाड नगरपालिकाकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् । आन्दोलन हाल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।

यो पनि हेर्नुहोस् । 

यातायात व्यवसायीको कुटाइबाट सुर्खेतमा एक पत्रकार घाइते


तपाईको प्रतिक्रिया