सुर्खेत । वीरेन्द्रनगरमा जारी आन्दोलनकारीहरूले विद्युत लाइन काट्दा वीरेन्द्रनगरमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको सुर्खेत शाखाका अनुसार आन्दोलनकारीहरूले विद्युत तार काट्दा खजुरादेखि बजार क्षेत्रमा विद्युत अवरुद्ध भएको हो । हाल मर्मत कार्य भईरहेको नेपाल विद्युत प्राधिकरणको सुर्खेत शाखाका एक जना कर्मचारीले जानकारी दिए ।


दर्शन खबर । १ फाल्गुन २०७९, सोमबार