सुर्खेत । सुर्खेतमा बसको ठक्करबाट ज्यान गुमाएकी महिलाको आफन्तको आन्दोलनको क्रममा यातायात व्यवसायीसँग झडप भएको छ । झडपको क्रममा यातायात व्यवसायीको कुटाइबाट स्थानीय एक पत्रकार घाइते भएका छन् । आन्दोलनको समाचार संकलन गर्न पुगेका लाइका खबरका सञ्चालक बलबहादुर थापा घाइते भएका छन् । समितिका केही व्यक्तिले सिसाको बोतलले टाउकोमा हानेको प्रत्यक्षदर्शीले बताए । परोपकार मेडिकलमा प्राथमिक उपचारपश्चात उनको अहिले माया नर्सिङ्ग होममा उपचार भइरहेको छ ।
सुर्खेतको बसपार्कनजिकै जाजरकोटको छेडागाड नगरपालिका ६ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका(११ बामेखोला बस्ने ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएको थियो । मृतकको परिवारलाई क्षतिपूर्ति र गाडी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरू आन्दोलित छन् । सुर्खेत यरिचोक, बसपार्कअगाडि, मंगलगढी चौक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।


दर्शन खबर । १ फाल्गुन २०७९, सोमबार