मनपरी राखिएका कर्मचारी हटाईने, अध्यक्षले मागे पत्रकारसँग माफी

जाजरकोट । शिवालय गाउँपालिकामा विज्ञापन विना आफ्नै मनपरी राखिएका कर्मचारी हटाईने भएको छ । मंगलवार दर्शन खबरले समाचार प्रकाशित गरेपछि शिवलाय गाउँपालिका ४ को आधारभुत स्वास्थ्य केन्द्रमा राखिएको कार्यालय सहयागि कर्मचारीलाई हटाईने भएको हो । गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले शिवालय गाउँपालिका वडा नम्बर ४ को आधारभुत स्वास्थ्य चौकीमा कृष्ण बुढाको श्रीमति अनिता बुढालाई नियुक्तिको विषयमा आफुलाई कुनै पनि जानकारी नभएकाे बताए। केही दिन अगाडि मात्रै शिवालय गाउँपालिकामा कार्यरत एक जना कर्मचारीले अध्यक्ष शाहीले बुढालाई नियुक्ति गरेको बताएका थिए । बुढालाई नियुक्ति गर्न आफुले लगायो भन्ने कुरा आरोप भएको अध्यक्ष शाहीले बताए । उनले भने  “म काठमाण्डौ थिए, मलाई यो विषयमा केही थाहा भएन्, कसरी नियुक्ति गरेका हुन् ? जुन मेरो नाम दिएर अध्यक्षले नियुक्ति गर्न लगाएको हुन् भन्यो त्यो सरासर गलत हो । यसरी अध्यक्षले कर्मचारी नियुक्ति गर्न पाउँदैन् । यदि कार्यविधि अनुसार कर्मचारी नियुक्ति गरीएको रहेनछ भने म तुरुन्तै बुझेर हटाउछु । ” यता शिवालय गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत दल बहादुर बाँठाले अध्यक्षको आदेश अनुसार बुढालाई नियुक्ति गरेको दाबी गरेका थिए।

उनले विज्ञापन खुलाउनु पर्ने ठाउँमा अध्यक्षले भनेपछि मात्रै आफुले नियुक्ति पत्र दिएको बताएका थिए । यस्तै शिवालय गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले आफ्नो श्रीमतिलाई गाउँपालिकाको नितिगत प्रक्रियाबाट आधारभुत स्वास्थ्य चौकीमा नियुक्ति गरीएको बताएका थिए । सोही विषयको बारेमा अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुने गरेको छ । मंगलवार मात्रै सोही विषयमा बुझ्न खोज्दा अध्यक्ष शाहीले दर्शन खबरका संवाददाता पत्रकार कुलेन्द्र शाहीलाई गाली गरेको थिए । उनले गालि गरेको केही समयमै पत्रकार शाहीलाई सम्पर्क गरी माफि मागेका छन् । उनले पत्रकार शाहीलाई नचिनेर गालि गरेको बताए ।

यो पनि हेर्नुहोस् ।

रातारात कर्मचारी नियुक्ति, पत्रकारलाई ज्यान मार्ने धम्की

तपाईको प्रतिक्रिया