सुर्खेत महोत्सवमा अधिकांस कलाकारहरु सहभागि नहुने, आफु खुसी प्रचार गरीएको प्रति आपत्ति

default

सुर्खेत । आज देखि सुर्खेतमा सुरु हुन लागेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा प्रचार गरीएका अधिकांस कलाकारहरु सहभागि नहुने भएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजनामा हुन लागेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि, नविनतम प्रविधि प्रदर्शनी एंव पर्यटन महोत्सवमा आयोजकले कुनै पनि कलाकारहरु सँग सहकार्य नगरेको हुँदा अधिकांश कलाकारहरु महोत्सवमा सहभागि सहभागि नहुने भएका हुन् । शुक्रवार दर्शन खबरसँग कुराकानी गर्दै अभिनेता अनमोल केसी, दयाहाङ्ग राई, सलोन बस्नेत लगायत अधिकांस कलाकारले आफुहरुसँग कुनै पनि सहकार्य नगरी आफ्नो प्रचारप्रसार गरेको प्रति आपत्ति जनाएका छन् । चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुलाई कुनै पनि जानकारी नगराई प्रचारप्रसार गरी नागरीकमा भ्रम फैलाएकोमा बोर्डको गम्भिर ध्यानकार्षण भएको बताएका छन् ।

यस्तै नायक दयाहाङ्ग राईले आफुलाई कुनै पनि जानकारी नदिई प्रचारप्रसार गरेकोमा गम्भिर ध्यानकार्षण भएको बताएका छन् । उनले दर्शन खबरसँग भने “मलाई कुनै पनि जानकारी दिईएको थिएन्, जानकारी विना मेरो प्रचारप्रसार किन गरीएको रहेछ, छ, यसरी कोही कसैलाई पनि जानकारी नगराई प्रचारप्रसार गराउनु मैले त्यति उचित ठान्दिन्”‚ यस्तै नेपाली सुपरस्टार हिरो सलोन बस्नेतले पनि आफु उक्त महोत्सवमा सहभागि नहुने बताएका छन् । साथै अभिनेता केसीले आफुलाई माया गर्ने भगवानरुपी दर्शकहरुलाई उक्त महोत्सवमा सहभागि नहुन पनि आग्रह गरेका छन् । उनले सुर्खेतमा आजदेखि सुरु हुने महोत्सवमा करीब ९० प्रतिशत कलाकारहरु सहभागि नहुने दावी गरेका छन् । यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेश समितिले एक विज्ञप्ती जारी गर्दै यस संस्थासँग आवद्द रहेका कलाकार उक्त महोत्सवमा सहभाथि नहुने जनाएको छ । प्रतिष्ठानले आफ्नो संस्थाको अस्तित्वमा चोट पुर्याउदै अपामानित गर्ने आसयबाट आयोजक अघि बढेको पाईएकाले प्रतिष्ठानसँग आवद्द रहेका कलाकार र प्रतिष्ठानसँग आवद्द नभएका कलाकारहरुलाई उक्त महोत्सवमा सहभागि नहुन आग्रह गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति सुर्खेतका अध्यक्ष चन्द्र बहादुर मन्दिर मगरले हाम्रो प्रतिष्ठानसँग आवद्द रहेका कुनै पनि कलाकार यस महोत्सवमा सहभागि नहुने दावी गरे । उनले दर्शन खबरसँग भने “आयोजकले महोत्सवको जिम्मा हाम्रो प्रतिष्ठानलाई दिनु पर्ने हो, करीब दुई तीन हप्ता अगाडि देखि नै जिम्मा दिन्छु मात्रै भनेको, तर अन्तिममा आएर अरुलाई जिम्मा दिएको हुँदा यसमा हाम्रो गम्भीर ध्यानकर्षण छ, त्यसैले हाम्रो प्रतिष्ठानसँग आवद्ध रहेका र अन्य कलाकार साथीहरु कोही पनि सहभागि हुनुहुन्न ।”‚ यसअघि २०६५ सालमा सुर्खेतको खुल्ला मञ्चमा आयाजित महोत्सलाई आयोजक टिम र प्रतिष्ठानले सफलता पुर्वक सम्पन्न गरेका थिए । यस पटक पनि महोत्सव आज देखि माघ २८ गते सम्म सञ्चालन हुने भनिएको थियो । यसअघि माघ १३ गतेदेखि सुरु हुने भनिएको यही महोत्सव मौसम प्रतिकुलका कारण आजका दिनमा सरेको थियो । महोत्सव सुरु हुनै लाग्दा कलाकारहरु नै सहभागि नहुने भएपछि महोत्सव लगाउने कि नलगाउने भन्ने बारे आयोजक अन्यौलमा परेको छ ।

तपाईको प्रतिक्रिया