रातारात कर्मचारी नियुक्ति, पत्रकारलाई ज्यान मार्ने धम्की

जाजरकोट । शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई ज्यान मार्ने धम्की दिएका छन् । शिवालय गाउँपालिका वडा नम्बर ४ को आधारभुत स्वास्थ्य चौकीमा रातरात कर्मचारी नियुक्त गरीएको विषयलाई बुझ्न खोज्दा अध्यक्ष शाहीले पत्रकार शाहीलाई ज्यान मार्ने धम्की दिएका हुन् । वडा नम्बर ४ को आधारभुत स्वास्थ्य चौकीमा गाउँपालिका अध्यक्षले एक जनाले राजिनामा नदिँदै आफुले चिनेको मान्छेलाई नियुक्ति गराएका थिए । सोही विषयलाई बुझ्न खोज्दा आफुलाई धम्की दिएको पत्रकार शाहीले बताए । मंगलवार शिवालय गाउँपालिका ४ टाटाबाट एक जना महिलाले पत्रकार कुलेन्द्रलाई फोन सम्पर्क गरी वडा नम्बर ४ को स्वास्थ्य चौकीमा शिवालय गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाको श्रीमति अनिता बुढालाई रातारात नियुक्त गरीएको जानकारी दिएकी थिईन् ।

उनले जानकारी दिए लगत्तै कुलेन्द्रले कृष्ण बुढासँग सम्पर्क गरी सोही विषयमा बुझ्दा उनले गाउँपालिकाको नितिगत प्रक्रियामा श्रीमतिलाई नियुक्ति गरीएको जानकारी दिएका थिए । यता शिवालय गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बाँठाले गाउँपालिकाको नितिगत नभई अध्यक्ष शाहीले आफुलाई नियुक्ति गर्न लगाएको बताए । उनले भने “ गाउँपालिकाले विज्ञापन खुलाउनु पर्ने हो, तर विज्ञापन नखुलाएरै अध्यक्ष शाहीले नियुक्ति गर्नुहोस् भन्नुभयो, मैले नियुक्ति पत्र दिए” यस विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष शाहीले पत्रकार कुलेन्द्रलाई ज्यान मार्ने धम्की दिएका छन् । “मैले कसैलाई पनि नियुक्ति गरेको छैन्, यो बारेमा बुझ्न खोज्ने त को होस् र तेरो हात खुट्टा भाचिदिन्छु” उनले भने उनलाई पुन सम्पर्क गर्दा म गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत को हो ? चिन्दिन्, तैले बारम्बार फोन गर्ने तेरो अरु केही काम छैन्, किन बारम्बार फोन गर्छस्, तलाई म जे पनि गर्दिन्छु जवाफ दिएको पत्रकार कुलेन्द्रले बताए । कुलेन्द्रले तपाईलाई भेटेर बसी छलफल गर्छु भन्दा उनले तैले भेट्नलाई मेरो अनुमति लिनुपर्छ ।

तैले म सँग भेट्न सक्दैनस् त जस्तोलाई भेट्दिन भनेको पत्रकार कुलेन्द्रले बताए । यता स्वास्थ्य व्यवस्थापन समितिका संयोजक एवम् शिवालय गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शिवलाल रेग्मीले कर्मचारी नियुक्तिको विषय मिलोमत्तोमै भएको बताउँदै कार्यालयमा कर्मचारी नै उपस्थित नभएर घरमै हाजिरी लगेर हाजिरी गराएको बताए । उनले भने “पहिले एक जना कार्यालय सहयोगिमा स्थानिय आसिराम जैसी थिए । माघ ४ गते राजिनामा दिए । उनले राजिनामा नदिँदै कृष्ण बुढाको श्रीमतिले अनिता बुढाले पुस २० गते देखि नै हाजारी गरेको देखे । मैले हाजिरी हेर्न खोज्दा गुलिस्टिक लगाएर हाजिरी बन्द गरीएको थियो त्यसपछि यो मिलोमत्तो मै भएको हो ।” शिवालय गाउँपालिका वडा नम्बर ४ को आधारभुत स्वास्थ्य चौकीमा १५ गतेदेखि गरीएको तालाबन्दी आज भर्खरै खोलिएको छ ।

तपाईको प्रतिक्रिया