
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई प्रहरीले बिहीबार प्रक्राउ गरेको हो । ट्याक्टरमा आगो लगाएको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैदका साथै ८ लाख १९ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए ।


दर्शन खबर । १९ माघ २०७९, बिहीबार