
काठमाडौं । सरकारले चालु संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना जारी गरेपछि संसद् अधिवेशन समाप्त हुने छ ।
सरकारले अब बजेट अधिवेशन बोलाउनेछ । मंसिर २८ गते चालु अधिवेशन शुरु भएको थियो । यो अधिवेशन अवधिभर प्रतिपक्ष नेकपा एमालेले लगातार अवरोध गरिरह्यो ।
एमालेको अवरोधबीच पनि एमसीसी सम्झौता यही अधिवेशनमा संसद्बाट व्याख्यात्मक घोषणासहित अनुमोदन भयो। ता र कानुनी सचेतना


दर्शन खबर । १ चैत्र २०७८, मंगलवार