राप्रपाले गठन गर्याे भूतपूर्व सैनिक परिषद्


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूतपूर्व सैनिक कर्मचारीहरुलाई समेटेर पार्टी निकट संगठन निर्माण गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट राप्रपा निकट भूतपूर्व सैनिक कर्मचारीहरुको संगठन (भूतपूर्व सैनिक परिषद्)को घोषणा गरिएको छ ।

परिषद् घोषणा सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२÷६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्ण रूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ’कोर्स करेक्सन’गरिनुपर्ने बताए ।
भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता रहेको लिङ्देनको भनाइ थियो । नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरु देशभक्त, राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताए ।
ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भइ तागत निर्माण गर्नुपर्ने लिङ्देनले उल्लेख ग

 


तपाईको प्रतिक्रिया