महिला पत्रकारको विषयमा टिपप्णी गर्दा आलोचित बनेका पत्रकार राठोर


सुर्खेत । महिला पत्रकारको विषयमा टिप्पणी गर्दा पत्रकार हरीहर सिं रठौर आलोचित बनेका छन् ।
फाल्गुन ३० गतेका दिन अग्रज पत्रकार हरीहर सिंह राठौले एउटा स्टास आफ्नो फेसबुकमा लेखे, उनको स्टाटसलाई लिएर महिला पत्रकारहरुले खरो रुपमा विरोध जनाएपछी उनी उक्त स्टाटु हटाउन बाध्य भए । फे बुकमा उनले लेखेका थिए, “ पुरुष पत्रकारलाई भन्दा महिला पत्रकारलाई फाड्को मानै निकै सजिलो । निकै अवशर ” । उनको यो भनाई प्रती महिला पत्रकार एकजुट भई सामामजिक संचालमै चर्को आलोचना गरेपछी उनले आफे फेसबुकबाट स्टाटसनै हटाएका छन् ।
उनको स्टाटसलाई लिएर अहिले महिला पत्रकार माथी अग्रज भनीने पत्रकारहरुले गर्ने व्यवहार र उनिहरुको टिप्पणी प्रती महिला पत्रकारहरु एक भएका छन् । योत एउटा प्रतीनिधीमुलक घटना मात्र हो । उनको यो स्टाटसलाई लिएर पत्रकार सिता वलीले सामाजिक संचालमा विरोध जनाएपछी महिला पत्रकारहरुले एकजुट भएको र महिला पत्रकारहरु माथी गरीने टिप्पणीको विश्लेशण गरेका छन् । प्रेस चौतारीका केन्द्रीय सदस्य कोमल शाहीले यस्तो टिप्पणी गरेकी छन , “हरेभगवान मान्छेको सोचाइ बुझाई कति घटिया छ”।

यस्तै अछामकी पत्रकार मेनका ढुगांनाले पनी झाप्पड हानेर कारण सोध्न मन भएको टिप्पणी गरेकी छन् !


यस्तै पत्रकार रमा केसिले अग्रज पत्रकारहरुले भने जस्तो सुबिधा अहिलेसम्म नपाएको र कुनै फड्को मार्न नसेको मनपरि भनेको जस्तो नहुने भन्दै र महिला पत्रकारलाइ हेर्ने दृष्टीकोण परीवर्तन गर्नु पर्ने सुझाव दिएकी छन् ।

पत्रकार महासंघ कर्णाली प्रदेशका काेषाध्यक्ष गणेश कञ्चन भारतीले पनी यो विषयमा गैर जिम्मेवारी पुर्ण बहस गरेका छन् । उनको यो भनाई हेरौँ,


पितृ सतात्मक सोच कायमै रहेको नेपालमा महिला पत्रकारहरु माथी समय समयमा हुने यस्टा टिप्पणीले हौसला भनाई निरुत्साहित गर्न खोजेको देखीन्छ । पत्रकारहरुको हक हित र संरक्षणका लागी नेतृत्वमा पुगेकारुले महिला पत्रकारहरुको विषयमा सकारात्मक धारणा कहिले बनाउने ?

तपाईको प्रतिक्रिया