देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौं । देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको हो ।
३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको हो ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ ।
त्यस्तै, सोमबार १४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया