अब सुर्खेतमै पाइने छन्, विधुतिय स्कुटर र साईकल


सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो विधुत बाट चल्लने सवारी साधनको आधिकारिक विक्रिकेन्द्रको उद्घाटन भएको छ । सुर्खेतको बुलबुले गट नजिक सोमवार कणर्ालीका मुख्यमन्त्री सिबि इन्टरनेश्नल टे्रडिङ कम्पनी को उद्घाटन गरेका हुन् ।
भारतीय उत्पादक पियोर कम्पनीको स्कुटी पहिलो पटक कणर्ालीमा भित्र्याइएको हो । पेट्रोल तथा डिजेलको मुल्य दिनप्रतिदिन बढ्दै गएपछि इलेक्ट्रोनिक्स रिक्साप्रति आकर्षण बढ्दो छ । ह्वाइट लोटर्स मोटर्स यो ब्राण्डका सवारी साधन नेपालमा ल्याएको हो । कर्णालीमा पहिलो पटक भित्रिएका स्कुटी र साइकलमा ६० भोल्टको व्याट्री प्रयोग गरिएको छ ।

ब्याट्री फुल चार्ज हुन ४ घण्टाको समय लाग्ने छ । एक पटकमा अधिक्तम् ९० देखि १२० किलोमिटरको दुरीसम्म ६० को स्पीडमा चलाउन सकिने प्रा.लि.का निर्देशक बिनोद के.सी.ले बताए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले पेट्रोलियम पदार्थको मुल्यबृद्धि र अर्कोतर्फ विद्युत उत्पादनले पनि गति लिएको भन्दै यसले पेट्रोलियम पदार्थको खपत घटाउँदै नेपालकै उर्जा खपत हुने बताए ।
नेपाली बजारका लागि उपयुक्त भएको भन्दै विधुतिय सवारी साधनका मुख्य चुनौति भनेका मर्मत तथा चार्जिङ्ग स्टेशनको अभाव जस्ता समस्याप्रति ध्यान दिन मुख्यमन्त्री शाहीले सुझाव दिए । करिव एक करोड लगानीमा विक्री केन्द्रको उद्घाटन भएको हो ।

तपाईको प्रतिक्रिया