सिम्तामा लैङ्गिक हिंसा र बाल विवाह अन्त्य गर्ने सरोकारवालाको प्रतिबद्धता

सिम्ता । सिम्ता गाउँपालिकाका सरोकारवालाहरूले लैंगिक विभेद र बाल विवाह अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मंगलबार गाउँपालिकामा आयोजित लैंगिक विभेद र बालविवाह बिषयक बहस कार्यक्रममा सरोकारवालाहरूले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले गाउपालिकाले नीति तथा कार्यक्रम बनाएको भए पनि एकतर्फि प्रयासबाट परिवर्तन संभव नहुने बतउनु भयो । उहाँले सबै सिम्तावासी प्रतिवद्ध भए मात्र विभेद तथा बाल विवाह अन्त्य हुने बताउनुभयो ।


उपाध्यक्ष चन्द्रकला शाहीले गाउँपालिकाले बनाएका नीति कार्यक्रमले विगतमा भन्दा बाल विवाह तथा लैंगिक विभेद न्यूनीकरण भएको बताउनुभयो । अधिकारकर्मी सुमिता प्रधानले लैंगिक विभेद कम गर्न छोरीहरूलाई शिक्षित एवं सक्षम बनाउनुपर्ने बताउनुभयो ।
ईन्सेक कणर्ाली प्रदेश संयोजक नारायण सुवेदीले कणर्ालीमा लैंगिक हिंसा व्याप्त रहेको भन्दै त्यसको अन्त्यका लागि स्थानीय सरकारले पनि नीति कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम ईन्सेक, केड, म्याग, सोलिडारिटी सेण्टर, सुशासन प्रवर्द्धनका लागि युवा र स्याक नेपालको सहकार्यमा सिम्ता गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य घनश्या केसी, केडका कार्यक्रम व्यवस्थापक सुमेश भट्टाई, सञ्चारिका समूहका कणर्ाली प्रदेश अध्यक्ष सीता वली लगायत स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।


तपाईको प्रतिक्रिया