
सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न अन्तरपालिका भलिबल प्रतियोगीताको उपाधी लेकवेशीले हात पारेको छ ।
मंगलबार भएकोे फाइनल खेलमा चिङ्गाडलाई ३-० को सोझो सेटमा हराँउदै लेकवेशले उपाधी हात पारेको हो
यो भलिबलको उपाधी जितेसँगै लेखवेशीले नगद एकलाख पुरस्कार समेत पाएको छ भने उपविजेता बनेको चिङ्गाडले ५० हजारमा चित्त बुझाएको छ
खेलको शुरुबाटै दबाबमा राखेको लेकवेशीले २५-२१, २५-२० र २५-२२ ले नजिता आफ्नो पक्षमा पारेको हो । यसअघि चिङ्गाडले पञ्चपुरी र लेकेवेशीले सिम्तालाई पराजित गर्दै यी दुई समूह फाइनलमा पुगेका थिए ।
यस्तै, मंगलबार भएको अर्को खेलमा सिम्तालाई हराँउदै पञ्चपुरी नगरपालिका तेस्रो हुन सफल भएको छ । सिम्लालाई २-१ को सेटले पराजित गर्दै पञ्चपुरीले २५ हजार हात पारेको छ। वीरेन्द्रनगर युवा क्लबको आयोजनाम भएको प्रतियोगितामा सुर्खेतका ९ वटै पालिकाको सहभागीता रहेको थियो ।


दर्शन खबर । २४ फाल्गुन २०७८, मंगलवार