मुख्यमन्त्री शाहीद्वारा प्रदेश रंगशालाको निरिक्षण


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश रंगशालाको निरिक्षण गरेका छन् । प्रदेश रंगशालाको शिलान्यास भएको दिन देखि आजसम्म ११ औ पटक अनुगमन गरेका छन । मन्त्री शाहीले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले यो आयोजना प्रदेशकै गौरवको आयोजना भएका र समयमा निर्माण कार्य सम्पन्न भए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरु कर्णालीमा आयोजना गर्न सकिने बताए । ‘यो रंगशालाको कामलाई तोकिएको समयसिमाभित्र सक्नुहोला, यो आयोजना हाम्रो प्रदेशको आयोजनासँगै यहाँको खेलकुद विकासको महत्वपुर्ण अंग पनि हो,’मन्त्री शाहीले निर्माण कम्पनीका प्रतिनिधिसँग भने, यस आयोजनाले कर्णालीबासीहरुलाई रोजगारी पनि दिएको छ , ‘काम गर्दा के सहयोग चाहिन्छ । त्यसमा मन्त्रालयबाट हुने कुनै कसर बाँकी नरहने बताए ।’अहिले कर्णाली सरकारले प्रदेश रंगशालालाई ‘प्रदेश गौरवको योजनाका रुपमा समावेश गरेको छ ।

मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको निर्माणकार्य धमाधम भइरहेको छ । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँको यो योजना २४ महिनामा सम्पन्न गर्ने लक्ष्य छ ।


तपाईको प्रतिक्रिया