कर्णाली राजमार्गमा मालवाहक ट्रक दुर्घटना बाट जोगियो


जुम्ला ।  कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्लाका बालबालिकाका लागि पठाएको पौष्टिक आहार बोकेको ट्रक कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित एस मोडमा झुण्डिएको छ । ट्रकको ५० प्रतिशत भाग सडकबाट बाहिर गएपछि उद्धारको प्रयास भइरहेको छ ।

गत आइतबार दिउँसो नेपालगन्जबाट आउँदै गरेको ना४ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सडकबाट बाहिर निस्केको हो । तर, खस्नबाट भने जोगिएको छ ।कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार स्टिलवार वालमा ट्रकको अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल छन् ।


तपाईको प्रतिक्रिया