कर्णालीमा वलविवाह विरुद्धमा क्याक्मा

 सुर्खेत । कर्णाली प्रदेशमा वालविवाह बढ्दो छ । वालविवाहविरुद्धको साझा अभियान सञ्जाल ( क्याक्मा ) कर्णाली प्रदेशले १२ बुद्धे साझा प्रतिवद्धता गरेको छ । वालविवाह विरुद्धको अभियान सबैको साझा भएको अभियानको ठहर छ । ,हामी बालविवाह प्रति सचेत छौ,हामीलाई बालविवाह स्वीकार्य छैन् भन्ने अभियान शुरु भएको छ । नेपाल सरकारले सन् २०३० सम्म नेपाललाई वालविवाह मुक्त बनाउने घोषणा गरेको छ । नेपाल सरकारको अभियानलाई सार्थक बनाउनका लागि क्याक्माले कर्णाली प्रदेशबाट नयाँ अभियान शुरु गरेको हो । वालवालिकाको सवाललाई विकासको मुल प्रवाहमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका लागि कानुन ,निति,नियम र आचारसंहिताको पूणर् रुपमा पालना गराउन अभियानले पहल गर्नेछ । बालबालिकाका सवाललाई मुल प्रवाहीकरण गर्न सबै सरोकारवालाहरुसंग एकिकृत रुपमा सहकार्य गरी कार्यक्रमहरु संचालन गरिने छन् ।
प्रतिवद्धतामा जोखिममा रहेका वालबालिकालाई केन्द्रमा राखी सबै प्ररकारका विभेद ,शोषण द्रुव्यवहार र वालविवाह मुक्त बनाउन लागि पर्ने उल्लेख गरिएको छ ।जोखिममा रहेका बालबालिकाका लागि बालकोषको प्रभावकारी रुपमा कार्यन्वयन गर्न सहजीकरण गर्ने क्याक्माले प्रतिवद्धता व्यक्त गरेको छ । वालविवाह कानुनी रुपमै अपराध भएकाले यस विरुद्ध सबैले क्रियाशिल रुपमा काम गर्ने प्रतिवद्धतामा जनाइएको छ । कर्णाली प्रदेशमा चलेको दुई दिने भेलाले तीन वर्षे रणनिति योजना निर्माण गरेको छ । प्रदेशका दश वटै जिल्लामा क्रियाशिल ३० वटा संगसंस्थाको भेलाले उक्त निणर्य गरेको हो । भेलाले नयाँ कार्यसमिति चयन,निर्देशिका अनुमोदन,१२ वुँदे साझा प्रतिवद्धताका साथै ध्यानाकषणर्पत्र तयार पारिएको छ । नयाँ कार्यसमितिको संयोजकमा पवित्रा शाहि चयन भएकी छन् । जसमा १५ सदस्यीय समिति रहेको छ ।


तपाईको प्रतिक्रिया