
सुर्खेत । सुर्खेतमा प्रहरीको कुटाईबाट कालिकोटका एक युवाको मृत्यु भएको छ । नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट मृत्यु भएको हो । शुक्रबार राती नेपालगंज भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन् । अहिले ठूला संख्यामा आफन्तहरु जम्मा भएर यरिचोक म टायर बाली प्रदर्सन समेत गरेका छन् ।




दर्शन खबर । २१ फाल्गुन २०७८, शनिबार