
सिम्ता । सिम्ता गाउँपालिका वडा नम्वर १ सुन्तालाको टाटेमा सिचाई आयोजना सम्पन्न भएको छ । सिम्ता गाउँपालिकाको १५ लाख र ३ लाख बरबरकोे जनश्रमदान गरी कुल १८ लाख लागतमा गत आर्थिक वर्षदेखी निर्माण सुरु गरीएको छहरेखोला टाटेघारी सिचाँई आयोजनाको विहिवार गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले उद्घाटन गर्नु भएको हो ।
सिचाई आयोजना निर्माण पश्चात टाटे क्षेत्रका करी ९० घरधुरी प्रत्यक्ष रुपमा लाभान्वीत हुने गाउँपालिकाले भएका छन् ।
सिचाईको अभावमा सुख्खा रहेको जमिनमा सिचाई हुने भएपछी स्थानिय कृषक खुशी भएका छन् । सुख्खा खेतबारी सिचाई हुने भएपछी कृषकहरुलाई विभिन्न प्रकारका तरकारी खेती तथा अन्य खेतीबाली गर्न सहज हुने र कृर्षकको आम्दानीमा वृद्धी हुने अपेक्षा लिएको गाउँपालिकाले जनाएको छ ।



दर्शन खबर । २० फाल्गुन २०७८, शुक्रबार