
सिम्ता । सिम्ताका युवाहरुलाई सिङ्गारु नृत्य प्रशिक्षण सुरु भएको छ । स्थानीय कला साँस्कृतिक संरक्षण तथा प्रर्वद्धन गर्ने उदेश्यले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिम्ता गाउँपलिकाको समन्वयमा विहिवार देखी प्रशिक्षणको सुरु गरीएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिनुभयो ।
मंगलबार सम्म संचालन हुने प्रशिक्षणमा नृत्य निर्देशक कुलमान नेपाली शर्मा,प्रेम देव गिरी, खम्ब राज गिरी लगाएतले प्रशिक्षण दिनु हुने छ ।
सिम्ता गाउँपालिका ९ वडै वडाहरुबाट गरी करीव ४० जना सहभागी रहेको प्रशिक्षण कार्यक्रमले सिम्ता गाउँपालिकामा रहको स्थानिय कला संस्कृतीको प्रर्वदन, स्थानिय स्तरमा कलाकार उत्पादनमा सहयोग पुग्ने विश्वाश लिएको गाउँपालिकाले जनाएको छ ।
नृत्य प्रशिक्षण कायक्रममा स्थानीय व्यक्तित्व पुर्ण बहादुर शाही, डम्मर घर्ती, काली बहादुर मल्ल र कोकिला सिह लगाएको सहभागिता रहेको थियो ।


दर्शन खबर । २० फाल्गुन २०७८, शुक्रबार