
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पार्टी निणर्यको विरोध भएपछि त्यसको बचाउ गर्नु भएको छ ।
शुक्रबार माओवादीको दोस्रो पूणर् केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै जाने बताउनुभयो ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले एमसीसी संसद्बाट अनुमोदन भएसँगै अब सत्ता गठबन्धन आगामी चुनावसम्म नै जाने निश्चित भएको समेत बताउनुभएको हो ।
‘एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको असमझदारी अत्य भएको र अब गठबन्धन चुनावसम्मनै उहँाँले दावी गर्नु भएको हो ।


दर्शन खबर । २० फाल्गुन २०७८, शुक्रबार