
सुर्खेत । कर्णाली प्रदेशका कान्छा वडाअध्यक्ष नवराज कार्कीको मृत्यु भए पछी छिन्चु बजार बन्द गरीएको छ । दोषीलाई कारवाही हुनु पर्ने र उचित क्षती पुर्ती माग गर्दै बजार बन्द गराईएको हो । हाल सम्मको उपचार खर्च र दोषीलाई कारवाही हुनु पर्ने उनिहरुको माग रहेको छ । भेरीगंगाको सत्तरी, तोलीखाेला सल्ली जाजरकोट सडक खण्ड बन्द गरीएको हो ।
अहीले बन्द कर्ताले सडकमा टाएर बाल्दै पर्दशन गरीरहेका छन् ।
कर्णाली प्रदेशको मुख्य नाका बन्द हुदाँ कर्णाली प्रदेश आउने र बाहीर जाने सम्पुर्ण यातायातका साधनहरु ठप्प भएका छन् ।
फागुन ८ गते रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नम्वर १२ छिन्चु बजार देखी पश्चीम तर्फको सडकमा नेपालगञ्ज बाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फर्स गाडीले सुर्खेतबाट छिन्चु जाँदै गरेको भे ६ प ४४०१ नम्वरको मोटरसाईकल लाई ठक्कर दिदाँ दुर्घटना भएको थियो ।


दर्शन खबर । १४ फाल्गुन २०७८, शनिबार