छिन्चु बजार खुल्यो, बन्दकर्ता र प्रशासन विच मौखीक सहमती


सुर्खेत । दिन भर तनाबग्रस्त रहेको छिन्चु बजार अहिले सामान्य बनेको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि स्थानीय नागरिकले गरेको बन्दका कारण कर्णाली प्रदेश भित्रीने र बाहिरीने सवारीहरु साँझ ६ बजेदेखी संचालनमा आएका हुन ।
मृतक कार्कीका आफन्त र प्रशासन विच तिन बुदे मौखीक समहती भएपछी आजका लागी गरीएको बन्द फिर्ता लिएको स्थानिय श्याम परीयारले बताउनुभयो ।
सडकमा अलपत्र परेका यात्रुहरुको अवस्थालाई ख्याल गर्दै आजका लागी बन्द पिर्ता लिएको र भोली बिहान लिखीत सहमती गर्ने उहाँले बताउनुभयो ।
दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित राहत दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्ने लगायत माग राखिएको थियो ।
बन्द खुलेपछि छिन्चु बजार र सडकमा यातायातका साधन चल्न थलेका छन् ।
उता वडा अध्यक्ष कार्कीको शव भोली विहान सम्म छिन्चु ल्याउने तयारी भईरहेको जनाईएको छ ।
वडाअध्यक्ष कार्कीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा (माओवादी केन्द्र) बाट जननिर्वाचित वडा अध्यक्ष कार्की सवार मोटरसाइकललाई रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक फोर्स गाडीले फागुन ८ गते छिन्चु नेपाल दुर संचार कार्यालय नजीकै ठक्कर दिएको थियो ।
नेपालगञ्जबाट वीरेन्द्रनगर तर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गुडिरहेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्की र वाईसिएल भेरीगंगाका अध्यक्ष भुपेन्द्र शाही घाइते हुनुभएको थियो । घाईते शाहीको काठमाडौँ उपचार भईरहेको छ भने कार्कीको उपचारका क्रममा हिजो काठमाडौँ मा मृत्यु भएको थियो ।


तपाईको प्रतिक्रिया