
कुलेन्द्र शाही ।
सुर्खेत । भेरीगंगा नगरपालिका उद्योग विकास शाखाद्धारा भेरीगंगाको छिन्चु बजार अनुगमन गरिएको छ । भेरीगंगा नगरपालिका उप–प्रमुख रेणु आचार्य ढकालको संयोजकत्वमा छिन्चु बजारका पसलहरु अनुगमन गरिएको हो ।
छिन्चु बजार अनुगमन गर्दा प्राय पसलहरुमा, मुल्यसुची, नभएको म्याद गुजे्रका सामान भेटिएका छन ।
अनुगमन टोलिले दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि गराइएको र म्याद नाघेको सामान पाइएमा कारवाही गरिने चेतावनी दिदै मुल्यसुची राख्न त्यस्तै म्याद गुजरेको सामान बिक्री वितरण नगर्न सुझाब दिएको छ ।
अनुगमनबाट उपभोक्ता तथा सर्बसाधारणलाई ब्यापारीले ठगी गर्न नपाउने र यो अनुगमन भेरीगंगा नगरपालिका भित्रका खाद्य लगायत सम्पुर्ण पसलहरुमा जुन सुकै समयमा पनि अनुगमन गर्न सक्ने अनुगमन समितिका संयोजक पिताम्बर पौडेलले बताउनुभयो ।
बजार अनुगमनका क्रममा म्याद नाघेका सामानहरु गुप्ता स्टोरबाट जिरा पाउडर १० पोका,जुस २ बोतल, बेसार ७ प्याकेट, बिस्कुट २९ प्याकेट २७ प्याकेट सुप, यस्तै लक्ष्मी किराना पसलबाट ६ बिस्कुट, रियल जुस १ यस्तै आरजी पसलबाट २ बोतल रियल जुस ,अनी पुुजा किराना पसलबाट २० प्याकेट भुजा, ५ प्याकेट चना बेसन, र २० प्याकेट बिस्कुट जफत गरिएको छ ।
अनुगमनमा भेरीगंगा नगरपालिकाका उप–प्रमुख रेणु आचार्य ढकाल,प्रमुख प्रशासकीय अधिकृत मान बाहदुर ठाडा ,उद्योग बाणिज्य संघ भेरिका अध्यक्ष सोमराज ढकाल, नेपाल घरेलु महासंघ भेरीगंगाका उपाध्यक्ष ज्ञानु भुसाल, भेरीगंगा नगरपालिका १२ का वडा अध्यक्ष हरी प्रसाद कडेल, कार्यपालिका सदस्य रमना दमाई, उद्योग शाखाकी फोकल पर्सन चित्रा डाँगी र सुरक्षाकर्मीको समेत उपस्थिति रहेको थियो ।


दर्शन खबर । १३ फाल्गुन २०७८, शुक्रबार