
सुर्खेत । भेरीगंगा जेसिजको ५ औँ स्थापना दिवश सचेनतामुलक कार्यक्रम गर्दै मनाईएको छ । बुधबार परेको स्थापना दिवशको अवशरमा ट्राफीक सचेतना तथा भेरीगंगा जेसिजको वेबसाईट सुभारम्भ गर्दै ५ औँ स्थापना दिवश मनाईएको हो । अब भेरीगंगा जेसिजका गतिविधी तथा क्रियाकलापहरुलाई jcibheriganga.ninjademos.com मा पनी हेर्न सकिने गरी वेब साईट संचालनमा ल्याईएको हो । कार्यक्रमका सहभागीहरुले भेरीगंगा जेसिजले गरेका सामाजिक कामहरुले समाजमा सकारात्मक शन्देश प्रदान गरेको बताउनु भएको थियो ।
कार्यक्रमको प्रमुख अतीथी समेत रहनु भएकी भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य ढकालले भेरीगंगा जेसिजले समाज रुपान्त्रणका लागी गरेका योगदानको नगरपालिकाले मुल्याकंन गरेको बताउनुभयो । उपप्रमुुख ढकालले जेसिजले गर्ने हरेक क्रीयाकलाप तथा गतिविधीहरुमा नगरपालिका तथा आफ्नो व्यक्तीगत तर्फबाट सहयोगका लागी सधै तयार रहेका बताउनुभयो ।

कार्यक्रमका विषेश अतिथी समेत रहनु भएका वडा नम्वर १२ वडा अध्यक्ष हरी प्रशाद कंडेलले संस्थाले समाज परीवर्तनको लागी जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै गएको अवस्थाम सबैको सहयोग रहने बताउनु भयो ।
कार्यक्रम सयोजक ज्ञानु भुषालको अध्यक्ष्तामा भएको कार्यक्रममा भेरीगंगा जेसिजका संस्थापक अध्यक्ष नवराज उपाध्याय, बर्तमान अध्यक्ष गोपी प्रशाद शर्मा, उद्योग वाणीज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, कार्यकारीणी उपाध्यक्ष निर्मला शाही, अस्थायी ट्राफीक कार्यालय छिन्चुका प्रमुख मोहन कार्की, कार्यक्रम सन्चालक गणेश वली लगाएतको उपस्थीती रहेको थियो ।


दर्शन खबर । १२ फाल्गुन २०७८, बिहीबार