
सिम्ता । अनेरास्ववियु सिम्ता गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । भेलाले गौतम सिंह को अध्यक्षता मा १९ सदस्यीय कमिटि गठन गरेको छ । यस्तै बुधवारनै मदन भण्डारी स्पोर्ट्स एकेडेमी सिम्ता गाउँ पालिकाको प्रथम अधिबेशन बाट निर्वाचित अध्यक्ष सुन्दर मल्ल सहितको ३५ सदस्यीय कमिटी चयन गरिएको छ ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य ऐन बहादुर चन्दको प्रमुख आतिथ्यता भएको कार्यक्रम कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका तेज बिक्रम बस्नेत ,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दिपा मल्ल ,जिल्ला कमिटी सदस्य दीर्घ मल्ल ,ललित सिंह ,अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्यद्वय रवि सेन्चुरी, गगन सिंह ठकुरी ,पुर्व विद्यार्थी नेता राजकुमार शर्मा ,भुपेन्द्र रावत, सिम्ता बहु मुखी क्याम्पसका अध्यक्ष नेत्रलाल महतारा, अनेरास्ववियु जिल्ला कमिटी सचीव ललित खत्री ,जिल्ला कमिटी सचिवालय सदस्य कपिल थापा को आतिथ्यता रहेको कार्यक्रम को संचालन गौतम सिंह ल गर्नु भएको थियो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य गगन सिंह ठकुरी ले सिम्ता गाउँ पालिका सुर्खेत को एस इ इ नतिजा २०७४÷०७५ को बिषयगत अवस्था एक अध्ययन प्रतिबेदन प्रस्तुत भएको थियो ।


दर्शन खबर । १२ फाल्गुन २०७८, बिहीबार