भेरीगंगा १२ मा १ महिने एड्भान्स ब्युटीसियन तालिम सुरु


सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्वर १२ मा १ महिने एड्भान्स ब्युटीसियन तालिमको उद्घाटन गरीएको छ ।
उद्योग तथा हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको सहयोग तथा उद्योग विकास शाखा भेरीगंगाको समन्वयमा तालिमको आयोजना गरिएको हो ।
रोषनी व्युटीपार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको सहजीकरणमा सुरु भएको तालिममा प्रशीक्षक राधा श्रेष्ठले प्रशीक्षण दिनुहुने उद्योग विकास शाखा भेरीगंगाकी कार्यक्रम फोकल पर्सन चित्रा डाङ्गीले जानकारी दिनुभयो ।
कार्यक्रममा भेरीगंगा नगरपालिकाका कार्यबाहक प्रमुख हरी प्रशाद कंडेल, प्रमुख प्रशाशकिय अधीकृत मान बहादुर ठाडा, उद्योग अधिकृत पिताम्वर पौडेल, नगर प्रमुखका स्वकीय सचिव खगेन्द्र नकाल, उद्योग वाणीज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, नेपाल घरेलू तथा साना उद्योग भेरीगंगाका बरिष्ठ उपाध्यक्ष ज्ञानु भुषाल, कार्यक्रम फोकल पर्सन चित्रा डाङ्गी, निर्देशनालयका उद्यम विकास सहजकर्ता टोपेन्द्र रासाईली लगाएतको सहभागिता रहेको थियो ।

 


तपाईको प्रतिक्रिया