भेरीगंगाका १९ जना महिलाहरुलाई प्रविधी हस्तान्तरण

सुर्खेत । भेरिगंगा नगरपालिका उद्योग विकास शाखाले १९ जना महिलाहरुलाई विभिन्न मेसिनरी औजारहरु सहयोग गरेको छ ।
गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्र्तगत भेरिगंगा नगरपालिका वडा नम्वर ६,७, ८ र १२ का महिलाहरुलाई ट्रयाक्टर सिलाई कटाई मेसिन तथा बुटिक तान हस्तान्तरण गरेको हो ।


महिलाहरुलाई सिप प्रदान गरी आर्यआर्जनमा वृद्धी गराउनका लागी प्रविधिक औजारहरु वितरण गरिएको भेरीगंगा उद्योग विकास शाखाले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, प्रमुख प्रशाशकिय अधिकृत मान बहादुर ठाडा,  वडा नम्वर १२ का वडा अध्यक्ष हरी प्रशाद कंडेल वडा नम्वर २ का वडा अध्यक्ष नन्द बहादुर बुढा, उद्योग वाणीज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, उद्योग विकास शाखा प्रमुख पिताम्वर पौडेल, कार्यापालिका सदस्य रमना दमाई उद्योग विकास शाखाकी चित्रा डाङ्गी, सुनिता जैसि र लाल बहादुर कार्की लगाएतको सहभागिता रहको थियो ।


तपाईको प्रतिक्रिया