भेरीगंगा । भेरीगंगा नगरपालिका वडा नम्वर १० थानीचौरमा रहेको प्रभात मावीको नयाँ भवन सिलन्यास गरिएको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसिले आज भवनको सिलन्यास गर्नु भएको हो । सामाजिक बिकास मान्त्रालय कर्णाली प्रदेशको ४० लाख लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माण कार्य आगामी आर्थिक बर्षमा सक्ने लक्ष्य लिएको छ ।
भवन सिलन्यास कार्यक्रममा बोल्दै मन्त्री बिसिले शिक्षा क्षेत्रको विकासका लागी भौतीक पुर्वाधार महत्वपुर्ण रहेको भन्दै शैक्षीक गुणस्तर सुधारका लागी प्रदेश सरकार लागी परेको बताउनु भयो । मन्त्री बिसिले आज सिलन्यास गरिएको ४ कोठे भवन समय सिमा भित्र सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।
मन्त्री बिसिको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमा शिक्षा बिकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दिपा हमाल,भेरीगंगा नगरपालिकका प्रमुख भुपेन्द्र बहादुर चन्द, उपप्रमुख रेणु आचार्य ढकाल, वडा नम्वर १० का वडा अध्यक्ष मान बहादुर बुढा मगर तथा विभिन्न राजनीतीक दलका प्रतिनिधीहरु, विद्यार्थी, शिक्षक, अभिभावक विद्यालय व्यवस्थापन समितीका पदाधीकारीहरु लगाएतको उपस्थीती रहेको थियो ।


दर्शन खबर । १ फाल्गुन २०७८, आईतवार