
सुर्खेत । नेकपा माओवादी लेखपराजुल वडा कमिटीले २७ औं जनयुद्ध दिवश विभिन्न कार्यक्रम गरी मनाएको छ । आईतवार भेरीगंगा नगरपालिका वडा नम्वर १ वडा कमिटीको आयोजनामा वडा नम्वर १ मा जनयुद्ध दिवश अवशरमा शुभकामना आदान प्रदान तथा वडा कमिटीको कार्यालय उद्घाटन गरीएको नेकपा माओवादी केन्द्र भेरीगंगा नगर कमिटीका सचिव नवराज कार्कीले जानकारी दिनुभयो । वडा कमिटीका अध्यक्ष राम बहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगरकमिटीका सचिव नवराज कार्की लगाएत माओवादी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
जनयुद्ध शुरू भएको १४ दिनपछि गोरखाको पन्द्रुङ, जराङ हाल बारपाक सुलिकोट गा.पा. ८० मा प्रहरीले चलाएको गोली लागि स्कुले विद्यार्थी दिलबहादुर रम्तेल मारिएका थिए। त्यसपछि राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको सो युद्धमा ज्यान गएको थियो ।


दर्शन खबर । २ फाल्गुन २०७८, सोमबार