
सुर्खेत । अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतले नेपालगञ्ज देखि सुर्खेत ल्याउदै गरेको लागु औषध ब्राउन सुगर बरामत गरेको छ ।
सनिवार राती अन्दाजि १० बजे नेपालगन्ज देखि सुर्खेत तर्फ आउदै गरेको बा ४ ख ८०८१ न.को फोर्स गाडिमा बबई प्रहरीले चेक जाँच गर्दा सुर्खेत बिरेन्द्रनगर न.पा.१० बस्ने बिबेक थापा मगरलाई प्रहरिले नियन्त्रमा लिएको हो ।
मगरले लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पर्दाथ गाडीमा फालेको अबस्थामा देखी प्रहरिले बरामद गरी नाप तौल गर्दा प्लाष्टिक सहित ३ ग्राम ५२ मिलिग्राम र शुद्द नाप तौल गर्दा ३ ग्राम ४ मिलिग्राम रहेको जनाइएको छ ।
हाल प्रहरिले मगरलाइ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।


दर्शन खबर । १ फाल्गुन २०७८, आईतवार