
भेरिगंगा । नेपाली कांग्रेसका नेता तथा भेरीगंगा नगरपालिकाका पुर्व सभापति स्वर्गीय वेदु गिरीको सम्झनामा प्रतिक्षालय निर्माण गरिएको छ ।
मंगलबार भेरीगंगा नगरपालिका वडा नम्बर २ पैसठ्ठीमा वेदु गिरी स्मृती प्रतिक्षालयको उद्घाटन गरिएको हो ।
२०३१ साल बैशाख १५ गते जन्म भई २०७८ असार १२ गते असामयीक निधन भएका स्वर्गीय गिरीको राजनैतिक, सामाजिक योगदानको विषयमा कार्यक्रमका सहभागीहरुले समीक्षा गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस भेरीगंगा नगर सभापति रामबहादुर सिंह, भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्द, उपप्रमुख रेणु आचार्य ढकाल, वडा नम्वर २ का वडा अध्यक्ष नन्द बहादरु बुढा लगाएत नेपाली कांग्रेसका नेताहरुको सहभागिता रहेको थियो ।
नेपाल निजामती कर्मचारी युनियन र नेपाल स्वास्थ्यकर्मी संघ भेरीगंगा नगरकार्यसमितिका पदाधीकारीहरुको सहयोगमा प्रतिक्षालयको निर्माण गरिएको हो । रत्नराजमार्गबाट आवतजावत गर्ने यात्रु र चालकलाई मध्यनगर गर्दै करिव दुई लाख लगानीमा प्रतिक्षालय निर्माण गरिएको नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटी सदस्य तथा भेरिगंगा नगर उपप्रमुख रेणु आचार्यले जानकारी दिनुभयो ।



दर्शन खबर । २६ माघ २०७८, बुधबार