सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको सचेतकमा अमृता शाही मनोनीत हुनु भएको छ । दलका नेता तथा मुख्यमन्त्री जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा मनोनीत गर्नु भएको हो ।
सुर्खेत निर्वाचन क्षेत्र १ (क) बाट प्रतिनिधित्व गर्ने शाही समानुपातिक सांसद हुनुहुन्छ । पुर्व सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बनेपछी शाहीलाई सचेत बनाईएको हो ।
कांग्रेसका ६ जना सांसद मध्ये दुई जना महिला रहनु भएको छ । मुगुबाट प्रतिनिधित्व झोबा विक प्रदेश सभा अन्तरगतको लेखा समिति सदस्य रहनु भएको छ ।


दर्शन खबर । २६ माघ २०७८, बुधबार