भेरीगंगा ४ मा सिपमुलक तालिम सुरु


भेरीगंगा । भेरीगंगा नगरपालिका वडा नम्वर ४ मा सिपमुलक सिलाई कटाई तालिम सुरु भएको छ ।
उद्योग विकास शाखा भेरीगंगा नगरपालिकाको आयोजनामा मंगलवार देखी सिलाई कटाई सम्वन्धी प्राविधीक सिप विकास तालिम सुरु भएको हो ।
भेरीगंगा नगरपालिका वडा नम्वर ४ का बेरोजगार महिलाहरुलाई आत्म निर्भर बनाउने र स्थानिय स्तरमै स्वरोजगारी सृजना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्य ढकालले जानकारी दिनभयो ।
उपप्रमुख आचार्यले उद्घाटन गर्नु भएका कार्यत्रमको अध्यक्षता रुपसिह सुनारले गर्नु भएको थियो । ३ सय ९० घण्टे तालिममा भेरिगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्य ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, उद्योग विकास शाखा भेरिगंगा प्रमुख पिताम्वर पौडेल, वेद प्रशाद पौडल, आधारभुत स्वास्थ्य केन्द्रकी प्रतिक्षा विक, अभियानता ज्ञानु भुषाल, घरेलु शाखा चित्रा डाङ्गी, लाल बहादुर कार्की, र सुनिता जैसिको लगाएत १२ जना सहभागिहरुको सहभागिता रहको छ । तालिमको प्रशिक्षक खिमा कुमारी सोती मगरले गर्नु भएको छ ।

 


तपाईको प्रतिक्रिया