
सुर्खेत । कर्णालीमा स्याउ तथा ओखर बिकास बोर्ड गठन गर्न माग गरिएको छ । कर्णालीका केही प्रदेशसभा सदस्य तथा स्याउ र ओखर उत्पादक किसानहरुले प्रदेश सरकार समक्ष यस्तो माग गरेका हुन् । बिहिवार जुम्लाका प्रदेशसभा सदस्य नरेश भण्डारीको नेतृत्वमा गएका प्रदेशसभा सदस्य तथा किसानहरुले प्रदेश सरकारका मुख्यमन्त्री जिवन बहादुर शाही र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर शाहीलाई मागपत्र बुझाएका हुन् ।
कर्णाली प्रदेश प्रचुर सम्भावनायुक्त हुदाँहुदै पनी झण्डै ५२ प्रतिशत बहुआयामि गरिबिको दुश्चक्रबाट उन्मुक्त हुने नसकेको मागपत्रमा उल्लेख गरिएको छ । सम्भावनायुक्त कृषि क्षेत्रको विकास नगरी कर्णाली प्रदेशलई गरीबीबाट मुक्त गर्न नसकिने यथार्यलाई आत्मसाथ गर्दै स्याउ तथा ओखर उत्पादनमा वृद्धी, बजारीकरण र स्याउ तथा ओखर उत्पादक कृषकहरुलाई प्रोतसाहानका लागी बोर्ड गठन गर्न माग गरिएको मागपत्रमा उल्लेख गरिएको छ ।



दर्शन खबर । २९ पुष २०७८, बिहीबार