उद्यमशिलतामा चम्कीदै जनता उद्योगकी पवित्रा


सुर्खेत । आधुनिक समयमा महिला उद्यमीहरुले व्यापार वा उद्योगमा धेरै महत्वपुर्ण भुमिका निर्वाह गरीरहेका छन् । पित्री सतात्मक सोच कायमै रेहेको नेपालमा महिलाहरुले घरको मात्र काम गर्नुपर्छ बाहिरको काम पुरुषले मात्र गर्न सक्दछन् महिलाहरु पुरुष समान काम गर्न सक्दैनन् भन्ने अन्धविश्वास अझैपनी कायमै रहेको छ ।
चाहे भने महिलाहरुले पनी केही गर्न सक्छन भन्ने उदाहरण बन्नु भएको छ, भेरीगंगा नगरपालिका वडा नम्वर १२ की पवित्रा खरेल (कठाएत) ।
भेरीगंगा नगरपालिका वडा नम्वर १२ मा विगत साढे २ वर्ष देखी जनता उद्योग प्राली संचालनमा ल्याउनु भएकी पवित्रा दैनीक उद्योगमै व्यस्त हुने गर्नुहुन्छ ।


करिव ४० लाख लागतमा ३ कठ्ठा क्षेत्रफल रहेको जग्गामा आधुनिक बायोस्याण्ड फिल्टर उत्पादन उद्योग सुरु गर्नु भएकी पवित्रा रात दिन उद्योगकै काममा खटिईरहनु भएको छ । फिल्टर उत्पादन सफल हुँदै गएपछी अहिले ईन्टरलक ब्लक उत्पादन समेत उहाँले सुरु गर्नु भएको छ ।
समाज परिवर्तन र आर्थिक उन्नतीका लागी पुरुषमात्र होईन महिलाले पनी केही गर्न सक्छन भन्ने अठोटका साथ जोखिम मोलेरै भएपनी उद्योग संचालनमा ल्याएको पवित्राले बताउनुभयो । विगत १२ वर्ष सम्म स्वास्थ तथा सुरक्षीत खानेपानीको क्षेत्रमा काम गरेको अनुभवका आधारमा उद्योग सुरु गरेको उहाँको भनाई रहेको छ ।
पवित्राको उद्योगमा बायोस्याण्ड पिल्टर र घर निर्माणका लागी सस्तो र शुलभ भुकम्प प्रतिरोधी ईन्टरलक ब्लक उत्पादन भई रहेको छ । १० जना युवाहरुलाई रोजगारी सृजना गर्दै आउनु भएकी पवित्राले मासिक ५ देखी ६ लाख सम्म खर्च हुने बताउनुभयो । पानी शुद्धीकरणको जनचेतना फैलाउनु आफ्नो प्रमुख लक्ष्य रहेको खरेलको भनाई रहेको छ । महिला उद्यमशिलताका लागी सरकारी निकायबाट थुप्रै बजेट आउने भएता पनी आफुले अहिले सम्म कुनै पनी निकायबाट आर्थिक सहयोग नपाएको उहाँले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया