
सुर्खेत । लेकवेशी नगरपालिकाको प्रशासनीक भवन निर्माण हुदैछ । केन्द्र सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा वडा नम्वर ६ कल्याणमा भवन निर्माण गर्न लागीएको हो । २०७९ बैशाख सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी भवन निर्माण सुरु भएको नगरपालिकाका ईन्जीनियर खेमराज पोख्रेलले जनाकारी दिनुभयो । २०७६÷०७७ मा डिपिआर गरी २०७८ बैशाख १ गते एसोसीयट जय भवानी रञ्जीतकार जेभी कोहोलपुरले २०७९ बैशाखमा काम सम्पन्न गर्ने गरी ४ करोड ५ लाख १५ हजार ४ सय २० रुपैयामा नगरपालिका संग सम्झौता गरेको छ ।
२६ कोठाको ४ तलाको प्रशासनिक भवन निर्माणका लागी आर्थिक संकट नभएको ईन्जीनिय पोख्रलले जानकारी दिनुभयो । भवन निर्माण सुरु भएको केहि समयमै अहिले काम रोकिएको छ । ठेकेदारहरुले ठेक्का लिने र समयमा काम सम्पन्न गर्ने सम्स्याका कारण नगरपालिकाका योजनाहरु अलपत्र परेको भन्दै नगर प्रमुख गगन सिं सुनारले विकास निर्माणका काम नरोक्न ठेकेदारहरुलाई आग्रह गरिरहेको जानकारी दिनुभयो ।


दर्शन खबर । २९ पुष २०७८, बिहीबार