कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आज हुँदै


सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आज देखी सुरू हुँदैछ । आज ३ बजेका लागि अधिवेशनअन्तर्गतको पहिलो बैठक बोलाईएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनेनका लागी मंसिर १४ गते विशेष अधिवेशन बोलाईएको थियो ।
त्यसअघिको आठौं अधिवेशन असार ३० गतेदेखि अन्त्य भएको थियो ।
आज बस्ने पहिलो बैठकमा मोटामोटी चार वटा एजेण्डा छन् । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार बैठकको सुरूमा प्रदेश सभा वैठकको आह्वानसम्बनधी पत्र पढेर सुनाईनेछ ।
यस्तै मन्त्रालयको जिम्मेवारी बाँडफाँडबारे पनि संसदमा जानकारी गराईने उनले बताए ।
संसदीय दलका शीर्ष नेताको भनाई राख्ने र विभिन्न विधेयकमाथि छलफल गर्ने एजेण्डा रहेको बुढाथोकीले बताए ।

 


तपाईको प्रतिक्रिया