
सुर्खेत । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी विजयी हुनु भएको छ । उपाध्यक्षमा कुलमणी देवकोटा, सचिवमा कविन्द्र कुमार केसि, उपसचिवमा घनश्याम पाण्डे र बल बहादुर नेपाली निर्वाचित हुनु भएको छ ।
अध्यक्षमा विजयी विसिले ३ सय ६८ र उहाँका प्रतिसप्रधी डण्डी प्रशाद शर्माले २ सय ६७ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा कुलमाणी देवकोटाले ३ सय ९४ मत प्राप्त गर्दा उहाँका प्रतिसप्रधी ऋषी गिरीले २ सय २६, सचिवमा कविन्द्र केसिले ३ सय ९० मत प्राप्त गर्दा उहाँका प्रतिसप्रधी रेहका रेशम रानाले २ सय ३३ मत प्राप्त गर्नु भएको छ । यस्तै जिल्ला उप सचिवमा घनश्याम पाण्डेले ३ सय ९१ र बलबहादुर नेपालिले ३ सय ६९ मत ल्याउनु भएको भने उहाँका प्रतिसप्रधी टिकाराम शुवेदी ले २ सय ९ र नेत्रलाल महतराले २ सय ८ मत प्राप्त गर्नुंभएको छ ।
कुल ६६२ प्रतिनिधि रहेकोमा ६४९ जनाले मात्रै मतदान गरेका थिए ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निर्वतमान पार्टी उपाध्यक्ष अमृत विसी र सचिवालय सदस्य डण्डि शर्माको प्यानल चुनावी मैदानमा थिए । सहमतिका लागि अधिकतम् प्रयास गरेपनि कुनै निकाश हुन नसकेपछि अन्तत मतदानबाट नेतृत्व छनोटका लागि निर्वाचन भएको हो ।


दर्शन खबर । २८ पुष २०७८, बुधबार