
सुर्खेत । आन्तरिक मामिला मन्त्रालय कर्णालीका सचिव झक्क आचार्यको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेका चक्र बहादुर बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव, सहसचिवहरु तथा केहि सिडियोहरुको सरुवा गरेको छ ।
झापा, नवलपरासी तथा बाग्लुङका सिडिओको सरुवा भएको हो । झापाका श्रवण कुमार तिमल्सिनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बाग्लुङका सिडिओ शिव कुमार कार्कीको समावेशी आयोगमा सरुवा भएको छ ।
सार्वजनिक वित्त तालिम केन्द्रका प्रमुख दिर्घराज मैनालीको प्रदेश नं. १ स्थित सामाजिक विकास मन्त्रालय, सहसचिव राजेश्वर ज्ञवाली सिडिओ हुने योजनासहित गृह मन्त्रालय पुगेका छन् । अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका प्रवक्ता नारायण प्रसाद रिसालको पनि गृह मन्त्रालयमा सरुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भरत अर्यालको डिभिजन कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।


दर्शन खबर । २१ पुष २०७८, बुधबार