राष्ट्रियसभा निर्वाचनका लागी ३४ उम्मेदवारी दर्ता गराए

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारी दर्ता सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साझा उम्मेदवारी दर्ता गराएका छन् ।


तपाईको प्रतिक्रिया