यस्तो छ आज दिनभरीको मौसम पूर्वानुमान

काठमाडौं । देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल देशका अधिकांश भु–भागमा, आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ । अन्यत्र भने मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसँगै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति पनि देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातसँगै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका केही भू–भागमा वर्ष तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने र चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखालले अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया