सुर्खेतमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्य भएको छ । दैलेखबाट सुर्खेत आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्याक्टर वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ७ को नागमोडमा दुर्घटना हुदाँ २१ वर्षीय भुवन शाहीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा दैलेखको महाबु गाउपालिका ५ का शाहीको प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला ट्राफिक इन्चार्ज उपेन्द्र प्रसाद आचार्यले बताए ।
उनका अनुसार ट्याक्टर मोडबाट ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सहचालक सहित तीन जना अन्य पनि सवार रहेका थिए । उनीहरुको अवस्था सामान्य रहेको छ ।


तपाईको प्रतिक्रिया