काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन दिएको छ ।
आइतबार स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा गर्दै ओमिक्रोन भेरियन्ट नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।
सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत मन्त्रालयले निर्देशन दिएको छ ।
साथै भाइरसका नयाँ नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना कायमै रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वजास्थ्य मापदण्डको पूर्णपालन गर्न तथा भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।


दर्शन खबर । १८ पुष २०७८, आईतवार