अटो रिक्सा ट्रायलमा नक्कली परिक्षार्थी

सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले आज संचालन गरेको अटो रिक्साको ट्रायल परिक्षामा नक्कली परिक्षार्थी भेटीएका छन् । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले आईतवार लिएको अटो रिक्साको ट्रायल परिक्षाका क्रममा चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्वर १ दैलेख घर भएका दिर्घ बहादुर बिकको नाममा अपरिचित व्यक्तीले परिक्षा दिई ट्रायल पास गरी सक्कली परिक्षार्थी दिर्घ बहादुर बिकलाई पास छाप लगाउन पठाउने क्रममा परिक्षा समितीका सदस्य प्राविधिक दिपक बमले परिक्षार्थी पहिचान गरी नियन्त्रणमा लिएका हुन् । बिकको ट्रायल परिक्षा दिने नक्कली परिक्षार्थी भागे पश्चात परिक्षा समितीले दिर्घ बहादुर बिकको परिक्षा रद्द गरीएको परिक्षा समितीका कर्मचारी तिलकराम अधिकारीले जानकारी दिए ।
नक्कली परिक्षार्थी पठाई आफ्नो परिक्षा दिन लगाउने दिर्घ बहादुर बिकलाई परिक्षा समितीका सदस्य ट्राफीक प्रहरी निरिक्षक दिपक मगराठीले यसरी नक्कली परिक्षार्थीलाई परिक्षा दिन लगाउनु गैरकानुनी भएको भन्दै आगामी दिनमा यस्ता क्रीयाकलाप अन्य परिक्षार्थीले पनी नगर्न र नगराउन सुझाव दिए ।

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतले आईतवार लिएको ६९ जनाको अटो रिक्सा प्रयोगात्मक परिक्षामा १४ जना अनुपस्थीती भएकोमा ४७ जना फेल भएका छन् भने ८ जना पास भएको परिक्षा समितीका संयोजक तथा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतका निमित्त प्रमुख आनन्द चपाँईले जानकारी दिए ।


तपाईको प्रतिक्रिया