
काठमाडौं । इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सामान्य भौतिक क्षतिमात्र भएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ ।
बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा केही घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताएको छ। भूकम्पले सुनामी भने नआएको उसले बताएको छ । स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिम मालुकु जिल्लाको टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री तलबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बीएमकेजीले बिहीबार जनाएको छ ।
भूकम्पपछि ५.२ म्याग्निच्युडका तीनवटा परकम्पनहरू रेकर्ड गरेको जनाइएको छ ।


दर्शन खबर । १५ पुष २०७८, बिहीबार