लागुऔषध सेवन गरेको आरोपमा चर्चित र्‍यापर “लाउरे” पक्राउ

पोखरा । चर्चित र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई बताए । लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर हो ।
पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।


तपाईको प्रतिक्रिया