एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता हुदैँ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच आज एकता घोषणा हुँदैछ । एकीकृत समाजवादीले आज अर्को वाम घटक नेकपा (जनवादी)सँग पार्टी एकताको घोषणा गर्ने भएको हो ।
मंगलबार (आज) राष्ट्रिय सभागृहमा १२ ः ३० बजे एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको एकीकृत समाजवादीका नेता जगनाथ खतिवडाले जानकारी दिए ।
नेता खतिवडाका अनुसार आजको एकता घोषणा भव्य हुँदैछ । २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको जनवादीको देशभरी ४३ कमिटी रहेको छ ।
देवेन्द्रसिंह महतोको नेतृत्व रहेको नेकपा (जनवादी) २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो ।


तपाईको प्रतिक्रिया